दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

दार्चुला, २४ पुस । महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् ।
दार्चुलाको ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेका बेला बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएको जनाइएको छ ।

