
हाइटेन्सन लाइनको करेन्ट लागेर पोखरामा युवकको ज्यान गयो
पोखरा, २१ पुस । पोखराको दीपमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं १ माथिल्लो दीपमा एक घरको छतनजिकै रहेको हाटेन्सन लाईनको करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु भएको हो ।


बिहीबार विहान करिब ९:३० बजेको समयमा घरको छतमा जाने क्रममा हाइटेन्सनको करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस घटनाका बारेमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments

