प्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्लामा प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल
चितवन, १६ पुस । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार गृहजिल्ला चितवन आउँदै छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवन आउन लागेका उनी गएको निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए ।
देशकै उत्कृष्ट घोषित भएको नारायणी नमुना माविको हिरक महोत्सवको उद्घाटन गर्न उनी गृहजिल्ला आउन लागेका हुन् ।
उनी आउने भएपछि भरतपुरका सडक पानी हालेर सफा पारिएको छ । विरेन्द्र क्याम्पस चोकदेखि दीपेन्द्रचोक सम्मको सडक सफा गरिएको हो ।
विहान ११ बजे कार्यक्रमको उद्घाटन गर्न प्रचण्ड विद्यालय पुग्ने छन् ।


