बाग्लुङमा दुई घण्टाको अन्तरमा तीन भूकम्प

बाग्लुङ, १३ पुस । बाग्लुङमा गएराति भूकम्पका तीन झट्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाग्लुङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्प गएका हुन् ।

बाग्लुङको अधिकारी चौरको वरपर केन्द्र भएर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको थियो ।

त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय