प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीले लिए शपथ

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्री ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रचण्डसहित ती मन्त्रीले शपथ लिएका छन् ।

शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । शपथ समारोहमा पूर्वप्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तीन उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय