राप्रपा र नाउपा सरकारमा सहभागी नहुने

काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नागरिक उन्मुक्ति पार्टी नाउपा तत्काल सरकारमा सहभागी नहुने भएका छन् । यी दुई पार्टीले हाललाई सरकारको समर्थन मात्र गर्ने भएका हुन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने जनाएकी हुन् । श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन् ।

त्यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सत्ता बाहिरबाटै सरकारलाई समर्थन गर्ने निर्णय गरेको जनाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय