प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

काठमाडौं, ११ पुस । नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा विशेष समारोहमा प्रचण्डले शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउने छिन् ।

आइतबार दिनभरको रस्साकस्सीपछि नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका थिए । गठबन्धनमा एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपा जसपा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि रहेका छन् ।

स्रोतका अनुसार आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय