बुद्ध एयरका अध्यक्ष बस्‍नेतको निधन

काठमाडौं, १० पुस । वायुसेवा कम्पनी बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार विहान ९३ वर्षको उमेरमा निधन भएको छ ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन पुरा गरेका थिए।

७० वर्षको उमेरमा बुद्ध एयरको स्थापना गरेर उनले नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोडेका थिए ।

उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त भइसकेका छन् ।

त्यसैगरी कानुन, न्याय तथा शिक्षा मन्त्री, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भइसकेका उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय