आज यी ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

 

काठमाडौं, ९ पुस । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्‍न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको जनाइएको छ । देशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुस महिना लागेदेखि देशभर नै चिसो बढेको छ भने विहानको समयमा हुस्सु र कुहिरो लाग्‍ने गरेको छ । आज हल्का वर्षा भएपनि भोलिदेखि भने मौसममा सुधार आउने अनुमान छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...