बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

बारा, ९ पुस । बारामा महागढीमाईमा अज्ञात व्यक्तिले गोली प्रहार गरी एकजनाको हत्या गरेका छन् ।

शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल नजिकै चिया पसलमा बसिरहेका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवमाथि गोली प्रहार भएको थियो ।

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई एलएस न्युरो अस्पताल परिवानीपुर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय