तराइमा दिउँसोसम्म हुस्सु लाग्‍ने, भोलि केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं, ८ पुस । शुक्रबार देशैभरको मौसम बदली भएको छ । विहानैदेखि तराइका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अन्य ठाउँको पनि मौसम खुलेको छैन ।

तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने तथा पहाडी जिल्लाहरुमा कुहिरो हटेरदिउँसो घाम लाग्‍ने मौसमविदले बताएका छन् । तर आज पारिलो घाम भने नलाग्ने बताइएको छ ।

त्यसैगरी भोलि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । हिउँदे वर्षा हालसम्म सुरु नभएपनि पश्‍चिमी न्युनचापीय प्रणालीको असरले भोली हल्का वर्षाको सम्भावना रहेको जनाइएको हो ।

काठमाडौंमा भने आज यसवर्षकै सबैभन्दा बढी चिसो छ । हिजोको न्युनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेकोमा आज काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको छ ।

हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...