प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा शपथ ग्रहण

काठमाडौं, ६ पुस । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन् ।

गएको मंसिर ४ गतेको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय