काँग्रेस संसदीय दलको नेतामा पुन: देउवा निर्वाचित

काठमाडौं, ६ पुस । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।
बुधबार विहान सम्पन्न मतदानमा देउवाले ६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी तथा महामन्त्री गगन थापाले २५ मत मात्र पाए ।
काँग्रेसको विधानअनुसार संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था रहेको छ ।

