काँग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा मतगणना

काठमाडौं, ६ पुस । नेपाली काँग्रेसको संसदीय दलको नेता छान्नका लागि भएको मतदान सकिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ८ बजे सुरु हुने भनिएपनि मतदान ढिला गरी सुरु भएको थियो ।
झन्डै २ घन्टापछि मतदान सकिएको हो । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा रहेकोमा संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका हुन्।
८८ सांसदले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए भने एक सांसद अस्पतालमा रहेकाले सांसदहरु मतदान गराउन अस्पताल नै पुगेका थिए ।
अब केहीबेरमा मतगणना सुरू हुनेछ ।

