कैलालीमा टिपरको ठक्करबाट चार वर्षीय बालकको मृत्यु, राजमार्ग अवरुद्ध

कैलाली, ६ पुस । कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्रदेश ०१-००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४९१८ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार चार वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा उनकी आमा घाइते छिन् र उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक भने सामान्य घाइते छन् ।

टिपर र चालक धनगढी उपमहानगरपालिका–७ का ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीयले गोदावरी ७ मा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् जसका कारण अहिले सवारीसाधन चल्न सकेका छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय