भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घटाउने तयारी

काठमाडौं, १ पुस । भारतीय आयल कर्पोरेशन आइओसी बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । योसँगै नेपाल आयल निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले शुक्रबार मूल्य घटाएर पठाएको हो । बोर्ड बैठक राखेर मूल्य घटाउने निर्णय गर्ने निगमले जनाएको छ ।

आइओसीको सूची अनुसार पेट्रोल ६ रुपैयाँ ९० पैस, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ ।

यसअघि घाटामा रहेको बताउँदै निगमले मूल्य समायोजन गरेको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय