धरौटी जफत हुने उम्मेदवार चार हजार

काठमाडौं, २९ मंसिर । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसेको मतको १० प्रतिशत ल्याउन नसक्ने सबै उम्मेदवारको धरौटी जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका ४ हजारभन्दा बढी उम्मेदवारले धरौटी जोगाउन सकेनन ।धरौटी जोगाउन नसक्नेमा प्रतिनिधिसभा उम्मेदवार भएका १ हजार ९ सय ६१ जना छन् । जसमा १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला उम्मेदवार छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ । त्यसमध्ये पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन्। प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६.९ प्रतिशत र महिला ३३.१ प्रतिशत निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय