रविको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट

 

काठमाडौं, २८ मंसिर । हालै सम्पन्‍न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट सांसदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिन्धुलीका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

रविले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय