निराशाजनक ब्याटिङ गर्दै नेपाल ११९ रनमै अलआउट

काठमाडौं, २२ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालको खराब ब्याटिङ जारी नै रह्यो । नेपालले ३५.३ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए ।
सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन् । ज्ञानेन्द्र मल्ल ९, आरिफ शेख ६, गुल्शन झा ५, आसिफ शेख, हरिशंकर साह १-१ रनमा आउट हुँदा अर्जुन साउदले खाता खोल्न सकेनन् ।
स्कटल्यान्डका मार्क वाट, ब्रान्डन माकमूलन र सफ्या सरिफले दुई-दुई विकेट लिँदा क्रिस सोल, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रिभ्सले १-१ विकेट लिए ।
स्कटल्यान्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

