सिके राउतले भेटे ओली, यादव र ठाकुरलाई

काठमाडौं, २२ मंसिर । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

भेटको तस्वीर बुधबार साँझ आफ्नो फेसबुकमा राख्दै उनले तीन नेतासँग भेटेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि राउतले भेट गरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय