दोलखामा पुन: एमालेका शिवाकोटी अगाडि, मतान्तर ३६

दोलखा, १९ मंसिर । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीलाई पुन: उछिनेका छन् ।

सोमबार विहानसम्मको मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्कीभन्दा शिवाकोटी केवल ३६ मतले अगाडि छन् । यहाँ तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

ओराङ क्षेत्रको मतगणना सकिँदा शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए ।

अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ ।

मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते दोलखामा पुनः निर्वाचन गराएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय