दोलखामा माओवादीका कार्कीलाई उछिनेर एमालेका शिवाकोटीको अग्रता

दोलखा, १८ मंसिर । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीलाई उछिनेका छन् ।
आइतबार विहानको मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा १५०० मतले पछि छन् ।
शिवाकोटीले १६ हजार २१५ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत पाएका छन् । यसअघि मतगणना सुरु भएदेखि नै माओवादी केन्द्रका कार्कीको अग्रता रहँदै आएको थियो ।
मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते दोलखामा पुनः निर्वाचन गराएको थियो ।

