स्याङ्जा-२ मा धनराजले मतान्तर बढाउँदै

स्याङ्जा, १५ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो जानकारी अनुसार नेपाली काँग्रेसका धनराज गुरूङले अग्रता लिइरहेका छन् ।

पछिल्लो विवरणअनुसार गुरुङले ६०६५ मत पाउँदा एमालेकी अर्यालले ४७६५ मत पाएकी छन् । उनीहरुबीच १३०० मतको अन्तर रहेको छ ।

नेकपा एमालेले धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि त्यहाँ १०औं दिनसम्म पनि मतगणना सुरु हुनै सकेको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय