स्याङ्जा २ मा धनराजभन्दा पद्यमा ११ मतले अगाडि

परेवान्युज

स्याङ्जा, १५ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विवादित स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना गएरातिदेखि सुरु भएको छ । मतगणना सुरु हुनै नसेकको सो क्षेत्रमा निर्वाचन आयोगको निर्देशनसँगै गणना थालिएको हो ।

मतगणनाको पछिल्लो जानकारी अनुसार नेकपा एमालेकी पद्मा अर्यालले सुरुवातदेखि नै अग्रता लिइरहेकी छन् भने नेपालि काङ्ग्रेसका धनराज गुरुङले उनलाई पछ्याइरहेका छन् ।

अहिले एकदम झिनो मतको मात्र अन्तर रहेको छ । अर्यालले २ हजार ९२० मत पाउँदा धनराजले २ हजार ९०९ मत पाएका छन् । मतान्तर केवल ११ रहेको छ ।

नेकपा एमालेले धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि त्यहाँ १०औं दिनसम्म पनि मतगणना सुरु हुनै सकेको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय