रत्न प्रिय कप फुटबल: भरतपुर फुटबल क्लबको फराकिलो जीत

चितवन, १३ मंसिर । चितवनको रत्ननगरमा जारी प्रथम रत्न प्रिय कप फुटबलअन्तर्गत मङ्गलबार भएको खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी)ले फराकिलो जीत निकालेको छ ।
बिएफसीले हेटौंडा फुटबल क्लबलाई ४-० गोलअन्तरले हराएको हो । खेलका म्यान अफ दि म्याच बिएफसीका रोशन राना मगर घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोलि बुधबार खैरहनी फुटबल क्लब र हाइलाइट युथ क्लब बीच प्रतिस्पर्धा हुने छ ।
रत्न प्रिय क्लबको आयोजनामा मंसिर २५ गतेसम्म चल्ने प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ ।

