झलनाथ र रामकुमारीसहित ३२ नेता एमाले फर्किने तयारीमा !

परेवान्युज

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र केन्द्रिय सचिव रामकुमारी झाँक्रीसहित केही नेता पुरानै पार्टी नेकपा एमाले फर्किने तयारीमा रहेको तथ्य खुलेको छ ।

स्रोतका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणामसंगै समानुपातिक मतमा समेत पछाडि परेपछी उनीहरुले एमाले फर्किने तयारी गरेका हुन् । इलामबाट पराजित भएका पुर्व प्रधानमन्त्री समेत रहेका खनालले गठबन्धनकै कारण हार्नुपरेको भन्दै काङ्ग्रेससँग आक्रोश पोखेका छन् ।

यता सचिव झाँक्रीले पनि गुल्मीबाट चुनाव हारेलगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसंग फोटो खिचाउदै शुभ संकेत लेखेकी छन् । खनाल र झाँक्री बाहेक खनाल पक्षका केही नेता समेत समाजवादीमा नबस्ने मुडमा पुगेको स्रोतको दाबी छ । उनीहरु ३२ जना पार्टी छाडेर पुरानै घर एमालेमा फर्किने उपयुक्त समय कुरेर बसेको बुझिएको छ ।

सचिव झाँक्री मन्त्रीबाट हटेदेखि नै अध्यक्ष माधवकुमार नेपालसंग असन्तुष्ट थिइन । उनले गुल्मीबाट एमाले सचीव गोकर्ण बिष्टसंग चुनाव लडिरहदा पनि माधव नेपाल उनको प्रचारमा गएका थिएनन् ।

गठबन्धनबाट १९ सिट लिएर चुनावी मैदानमा गएको एकीकृत समाजवादीले देशभरबाट अध्यक्ष नेपाल समेत १० सिट मात्रै जितेको छ । समानुपातिकमा पनि सो पार्टीको उल्लेख्य मत आएको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय