रत्‍न प्रिय कपमा २८ बिघा एफसीको विजयी सुरुवात

चितवन, १२ मंसिर । चितवनको रत्‍ननगरमा सोमबारदेखि सुरु भएको रत्‍न प्रिय कप फुटबलमा २८ बिघा एफसीले विजयी सुरुवात गरेको छ । २८ बिघाले मनहरी एफसीलाई ४-० गोलअन्तरले हराएको हो ।

खेलको पहिलो हाफमा दुई गोल भएको थियो भने दोस्रो हाफमा पनि थप दुई गोल भए । खेलको म्यान अफ दि म्याच २८ बिघाका मानबहादुर पाठक भए ।

रत्‍न प्रिय क्लबको आयोजनामा रत्‍ननगरको टिकौली चौरमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले गरेका थिए ।

उद्घाटन समारोहमा एन्फाका जिल्ला अध्यक्ष श्रीकृष्ण कार्की, रत्‍ननगर-९ का वडाध्यक्ष अनन्त अधिकारी, रत्‍ननगर-१० का वडाध्यक्ष कलाधर पौडेल, जिल्ला समन्वय समितिकी सदस्य सबिता चौधरी र इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रबिनबाबु रेग्मीको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि हेटौंडा एफसी र केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी)बीच प्रतिस्पर्धा हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय