समानुपातिकतर्फ माओवादी तेस्रोमा उक्लियो

काठमाडौं, १० मंसिर । प्रतिनिधिसभाअन्तर्गत समानुपातिक प्रणालीतर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।
यसअघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो । २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख २७ हजार ६५७ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ८ लाख १ हजार ३९३ पाएको छ ।
पहिलो स्थानमा रहेको नेकपा एमालेले १९ लाख ३१ हजार ३२१ मत पाएको छ । दोस्रो स्थानमा नेपाली काँग्रेसले १८ लाख ६२ हजार १७५ मत पाएको छ ।

