चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित

चितवन, ९ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत पाउँदा तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ र चौथोमा नेपाली काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।

चितवन–३ मा डा. भोजराज अधिकारीलाई सत्ता गठबन्धनमा रहेका दलले समर्थन गरेका थिए भने नेकपा एमालेले काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय