समानुपातिकतर्फ एमाले र काँग्रेसले कटाए १० लाख मत, अन्यको कति ?

काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मतगणना जारी रहेको छ । धेरैजसो स्थानबाट प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ भने केही स्थानको नतिजा आउन बाँकी छ ।

प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको मतपरिणाम पनि अध्यावधि भइरहेको छ । समानुपातिकतर्फ हालसम्म नेकपा एमाले अगाडि रहेको छ । एमालेले १२ लाख ५५ हजार ६९७ मत प्राप्त गरेको छ ।

त्यसैगरी दोस्रोमा नेपाली काँग्रेसले ११ लाख ८४ हजार ११२ मत पाएको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ८३ हजार ७८५ मत पाएको छ । चौथोमा माओवादी केन्द्रले ५ लाख ४० हजार ६६० मत प्राप्त गरेको छ ।

त्यसैगरी पाँचौंमा राप्रपाले ३ लाख १ हजार ५६६ मत पाउँदा जनता समाजवादी पार्टी जसपाले १ लाख ४५ हजार ४७० मत पाएको छ । अन्य दलहरुले भने एक लाख मत कटाएका छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय