कास्की-२ मा एमालेकी भट्टराई र मकवानपुर-२ मा एमालेका बर्तौला विजयी

काठमाडौं, ८ मंसिर । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसदको यात्रा पक्का गरेकी हुन् ।

मतगणनाको सुरुवाती समयदेखि लामो समयसम्म अग्रता कायम गरेका कँडेललाई विद्याले उछिनेर विजयी भएकी हुन् । भट्टराईले १६९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२४९५ मत ल्याउन सफल भए ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन् । उनले नेकपा एसका नेता एवम् पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गरे ।

बर्तौलाले ३४ हजार ९१६ मत पाउँदा खतिवडाले ३० हजार ३९६ मत पाए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय