भक्तपुर २ मा महेश बस्‍नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

-फाइल तस्वीर

भक्तपुर, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय