लमजुङका प्रतिनिधिसभा उम्मेदवार गुरुङको निधन

लमजुङ, ५ मंसिर । यस निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका जनता समाजवादी पार्टी (जसपा)का नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ वर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए ।

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल लगिएको र थप उपचारका लागि चितवन लगिएकामा उपचारकै क्रममा निधन भएको हो ।

उनका श्रीमती, ४ छोरा र २ छोरी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय