कास्कीमा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता
पोखरा, ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु हुन थालेको छ । योसँगै प्रारम्भिक मतपरिणाम आउने क्रम पनि सुरु भएको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत ल्याउदा एमाले उम्मेदवार विद्या भट्टराईले १२२ र गठबन्धनका श्रीनाथ बरालले ११० मत ल्याएका छन् ।
त्यसैगरी प्रदेशसभातर्फ भने राप्रपाका विजयबहादुर भण्डारीले १ सय ९८ मत र नेकपा एमालेका भीम कार्कीले १ सय ४५ मत पाएका छन् । यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १ सय ६ मत र लौरो अभियानका हाम्रो नेपाली पार्टीका चेत महतले ५५ मत पाएका छन् ।