आफैंलाई मत नदिने उम्मेदवार प्रचण्डदेखि रवि लामिछानेसम्म

काठमाडौं, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा केही नेताले आफै उम्मेदवार हुँदा पनि आफुलाइ मत दिन पाएनन् । आफुलाइ मत नदिनेमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि केही मन्त्री र रवि लामिछाने सम्म छन् ।

प्रचण्ड गोरखा-२ बाट प्रतिनिधि सभा उम्मेदवार छन् । तर, उनको मतदाता नामावली गोरखामा छैन । उनले आफुलाइ भोट दिन पाउदैनन् । प्रचण्डको मतदाता नामावली चितवन-३ मा छ । उनी भरतपुर महानगरपालिका-१४ का बासिन्दा हुन् ।

यसैगरी पुर्व सभामुख ओनसरी घर्तीको पनि नामावली रोल्पामा छ । उनी काठमाडौ-२ बाट उम्मेदवार छिन् । उनले पनि आफुलाइ भोट दिन नपाउने भएकी छिन । त्यसैगरी पुर्व मन्त्री किसान श्रेष्ठले पनि आफुलाइ मत दिन पाएनन् । उनको मतदाता नामावली तनहुँमा छ । उनी बारा-४ बाट प्रतिनिधि सभा उम्मेदवार छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आफुलाइ मत दिएनन् । उनको मतदाता नामावली काठमाडौ-४ छ । तर, रवि चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन् ।

त्यसैगरी पुर्वमन्त्री मोहन बस्नेतले पनि आफुलाइ मत दिन पाएनन् । उनी सिन्धुपाल्चोक-२ बाट उम्मेदवार छन तर नामावली सिन्धुपाल्चोक-१ मा छ । नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलको पनि उम्मेदवारी काठमाडौ-५ मा छ तर उनको मतदान केन्द्र तनहुँ हो ।

काठमाडौं ७ कि उम्मेदवार मानुषी यमी भट्टराई र काठमाडौं-९ कि माओवादी उम्मेदवार कल्पनाले पनि आफुलाइ मत दिने छैनन । कल्पनाको नाम धादिङ-२ मा छ भने मानुषीको गोरखा-२ मा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय