युएईको उत्कृष्ट पुनरागमन, नेपाललाई श्रृंखला जित्न १७७ रनको लक्ष्य
काठमाडौं, २ मंसिर । युएईसँगो एकदिवसीय क्रिकेट श्रृंखला जित्न नेपालले १७७ रनको विजयी लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको हो ।
३१.३ ओभरमा ९३ रनमा ९ विकेट गुमाइसकेको युएईका लागि अन्तिम विकेटमा ८३ रनको अविजित साझेदारी बनेको थियो । आठौं नम्बरका आयान अफजल खानले अविजित रहँदै ५४ रन बनाए भने उनलाई ११औं नम्बरका हजरत बिलालले २० रन बनाएर साथ दिए । त्यसअघि अलिशान सराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाएर बीचतिर युएईको इनिङ सम्हालेका थिए ।
नेपाली बलरहरुले सुरुदेखि नै युएईका ब्याटरमाथि दबाब राखेपनि अन्तिम विकेट भने लिन सकेनन् । नेपालका लागि गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिए ।
आयान र बिलालबीच भएको ८३ रनको साझेदारी १०औं विकेटका लागि भएको चौथो सर्वाधिक साझेदारी हो ।
पहिलो खेलमा ८४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । नेपाल केही बेरमा श्रृंखला जित्ने लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रने छ ।