इंग्ल्यान्डसँगको पहिलो एकदिवसीयमा अस्ट्रेलियाको जीत

काठमाडौं, २ मंसिर । इंग्ल्यान्डसँगको एकदिवसिय क्रिकेट श्रृंखलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । बिहिबार एडिलेड ओभलमा सम्पन्‍न खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको हो ।

जीतका लागि २८८ रनको बलियो लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ८६ रन बनाउँदा स्टिभ स्मिथ ८० रनमा अविजित रहे ।

अर्का ‌ओपनर ट्राभिस हेडले ६९ रन बनाए । हेड र वार्नर मिलेर पहिलो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डका डेभिड विल्लीले २ तथा क्रिस जोर्डन र लियाम डसनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८७ रन बनाएको थियो । मेविड मलानले १३४ रनको शानदार शतकीय पारी खेलेका थिए । डेभिड विलीले ३४ रन बनाए ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्पिनर एडम जाम्पाले ३-३ विकेट लिँदा मिचेल स्टार्क र मार्कस स्टोइनिसले १-१ विकेट लिए ।

योसँगै तीन खेलको श्रृंखलामा अस्ट्रेलियाले १ ० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय