पेशागत अनुभव र प्रचण्डको विचार बोकेर संसदमा डेब्यु गर्दै भोजराज
परेवान्युज२०४६ सालदेखि चुनावी प्रतिस्पर्धा गरिरहेका र त्यो भन्दा अगाडि पञ्चायतमा समेत उम्मेदवार बनेका केही नेता अनि २०६४ सालको पहिलो संविधान सभा हुँदै २०७४ सम्म पनि ग्राउन्ड नछाड्ने ‘बा’ र ‘हजुरबा’ नेतालाई यसपटक युवाले धेरै ठाउँमा चुनौति दिएका छन् ।

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलका र स्वतन्त्र गरि उल्लेख्य उम्मेदवार नयाँ र युवा छन् । उमेरमा युवा अनि सोंचमा नयाँपन लिएर चुनावी मैदानमा आएका युवालाई यसपटक पार्टी कार्यकर्ता, शुभेच्छुक र आम मतदाताले पनि रुचाउने देखिन्छ ।

यसपटक साँच्चै जनताले पनि युवा, फरक सोच र सेवाको भावना भएको पात्रलाई मत दिने संकल्प गरेको बुझ्न कठिन छैन । यदि यो नबुझ्ने र पार्टीले जसलाई उम्मेदवार बनाएपनी कार्यकर्ता र जनताले भोट दिन्छन् भनेर सोच्नेहरुको मंसिर ४ पछिको चुनावी नतिजा देखेर चेत खुल्ने अवस्था आउनेछ ।
आजको दिनमा जनताले रोजेको, खोजेको र भरोसा गरेको केही पात्रमध्ये अब्बल पात्र हुन् डा.भोजराज अधिकारी । चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट गठबन्धनका साझा उम्मेदवार डा.भोजराज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘होम ग्राउन्ड’बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
उनको प्रतिस्पर्धा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पान्डे र स्वतन्त्र उम्मेदवारहरुसँग हुनेछ । स्वतन्त्र वा भनौं गठबन्धनका बागी उम्मेदवार नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिनेश कोइराला र राप्रपा उपाध्यक्ष पाण्डे दुबैले डा. भोजराजलाई प्रतिस्पर्धी देखेका छन् । दिनेश कोइरालालाई नेकपा एमालेले सघाउने बचन दिएको छ भने पान्डे एक्लै मैदानमा छन् ।
नेपाली काङ्ग्रेसले समर्थन गर्दा पनि २०७४ सालमा माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसँग झन्डै १० हजार मतले पाण्डे पराजित भएका थिए । पार्टीगत आबद्धता माओवादी केन्द्र भएपनि पेशाले चिकित्सक रहेका डा.भोजराजको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्दछ । उम्मेदवारी परेकै दिनदेखि चर्चामा रहेका डा.भोजराज आफ्नो पेशागत अनुभव, जनताको माया र प्रचण्डको विचार बोकेर संसदमा ‘डेब्यु’ गर्दैछन् ।
‘बिरामीको सेवा गर्दागर्दै अब देशकै सेवा गर्ने ठाउँमा जाँदै छु’ उनले भने- ‘मेरो प्राथमिकता जनताको सेवा हो, अस्पताल वा संसद भवन जहाँ पुगेपनि जनताकै सेवामा जनतासँगै हुन्छु ।’
डा.भोजराजले झन्डै १७ वर्ष चिकित्सक पेशामा बिताएका छन् । भद्र, शालीन र नम्रता उनको स्वभाव हो भने इमान्दार, पारदर्शीता र अनुशासन उनको पहिचान हो । त्यसैले अरु चुनावी मैदानमा जादा पद, पैसा र पावर देखाउँछन् । तर, डा.भोजराज आफ्नो स्वच्छ छवि र अनुशासित व्यवहार लिएर जनताको घरदैलोमा पुगेका छन् । ‘म पैसाले चुनाव जित्न आएको पनि होइन र जितेर पैसा कमाउन चाहेको पनि छैन’- उनको क्लियर भिजन छ- ‘अस्पतालमा जति सेवा गरे अब त्यो भन्दा बढी सेवा गर्न आतुर छु ।त्यसैले मलाई जिताउनुस म तपाईंको गुन तिर्नेछु ।’
डा.भोजराजको चुनावी घरदैलोमा पुग्दा उनी जनतासँग पूरा नहुने आश्वासन होइन तत्काल भन्न सकिने ‘स्वास्थ’ अवस्था बारे जिज्ञासा राख्दै थिए । आफ्नो निर्वाचन क्षेत्रका धेरैजसो मतदाताको स्वास्थ्य अवस्था कण्ठ गरेका भोजराज भोट माग्नु अगाडि ‘तपाईं स्वस्थ हुनुहुन्छ ?’ औषधी नियमित खानुहुन्छ ? केही समस्या छ कि ?’ जस्ता प्रश्नको जवाफमा बढी ध्यान दिन्थे ।
उनको यो बोली र व्यवहार देखेर धेरै आमाहरूले उनलाई जित्नको लागि आशीर्वाद दिएको पनि देखियो । ‘मैले कमाएको सम्पत्ति यहि हो’ उनले भने- ‘मलाई भौतिक सुविधा किन चाहियो, सबैलाई स्वस्थ राख्न र आम जनताको मुहार फेर्न सक्ने अवस्था भैदिए पुग्यो ।’
उम्मेदवारी दिनुअघि उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष समेत थिए । उनी अध्यक्ष हुँदा बिरामीको मात्रै होइन अस्पतालको कैयौं समस्या पनि सुल्झाएका थिए । सायद यहि क्षमता देखेर माओवादी अध्यक्ष प्रचण्डले समेत डा.भोजराजलाई चितवन-३ को जिम्मा लगाए ।
आफू निर्वाचन लड्न गोरखा जाँदै गर्दा प्रचण्डले चितवन-३ को लागि योग्य र निर्विवाद अनि युवा र स्वच्छ छवीको उम्मेदवार तयार पार्नुपर्ने अवस्था थियो । प्रचण्डले पनि यी सबै कुरा डा.भोजराजमै भेटे ।
देशभर उम्मेदवार छनोट भैरहेका बेला एउटा कार्यक्रममा काठमाडौ महानगरका मेयर बालेन साह र धरान उप-महानगरपालिकाका मेयर हर्क साङपाङ जस्तै ‘पपुलर’ उम्मेदवार दिन्छु भनेका प्रचण्डको वचन भोजराजकै कारण खेर गएन ।
चितवनका स्थानीय मतदाता भन्छन-‘ प्रचण्डले भनेजस्तै र हामीले खोजेजस्तै उम्मेदवार डा.भोजराजले चुनाव जित्ने कुरा अब करिब-करिब पक्का छ ।’