अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि

काठमाडौं, १ मंसिर । अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एकदिवसीय क्रिकेट खेलको श्रृंखला आजदेखि सुरु हुँदै छ । श्रृंखलाका लागि इंग्ल्यान्डको टोली अस्ट्रेलिया भ्रमणमा पुगेको हो ।

श्रृंखलाअन्तर्गत आज पहिलो एकदिवसिय अन्तर्राष्ट्रिय खेल हुँदै छ । खेल अहिले विहान ९:०५ देखि एडिलेडस्थित एडिलेड ओभलमा सुरु हुनेछ ।

अस्ट्रेलियाका नियमित कप्तान आरोन फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास लिएसँगै प्याट कमिन्स नयाँ कप्तानमा नियुक्त भएका छन् । इंग्ल्यान्डका कप्तान भने जस बट्लर रहेका छन् ।

एकदिवसीय वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ भने अस्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय