युएईसँगको दोस्रो एकदिवसीय जित्‍न नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं, ३० कात्तिक । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेल जित्‍नका लागि नेपालले १९२ रनको विजयी लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनायो । उसका लागि मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए भने अलिशान शराफुले ३५ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले ३-३ विकेट लिँदा करण केसी, गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा पराजित भएको नेपाल आजको खेल जित्दै श्रृंखला बराबरीमा ल्याउन चाहन्छ ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रदैं छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...