नेपालविरुद्ध टस जितेर युएई ब्याटिङमा, आरिफ टोलीमा समावेश
काठमाडौं, ३० कात्तिक । त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीच सोमबारदेखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदै छ ।

अहिले विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाल आजको खेल जित्दै श्रृंखला बराबरी गर्ने धुनमा हुनेछ भने युएई एक खेलअगावै श्रृंखला कब्जामा पार्ने दाउमा हुनेछ ।
आजको खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । हरिशंकर शाहको स्थानमा आरिफ शेख टोलीमा छन् ।