गन्तव्य विस्तार गर्दै बुद्ध एयर, पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने
मोरङ, २८ कात्तिक । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान गर्ने भएको छ ।
सोमबार प्रेस विज्ञप्ति मार्फत बुद्धले आगामी जनवरीबाट पहिलो अन्तराष्टि्य उडान पोखरा–बनारस–पोखरा गर्ने जानकारी गराएको छ । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि अन्तिम तयारीमा रहेको आगामी जनवरी १ (पुस १७)मा उद्घाटन गर्ने सरकारको तयारी रहेको छ।
विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्यप्रगति अनुसार सन् २०२३ जनवरी महिनाबाटै अन्तर्राष्ट्रिय उडान सुरू गर्ने योजना भएको हुँदा बुद्धले पहिलो उडान गर्ने विज्ञप्तिमा जनाएको छ ।
बुद्धले प्रत्येक दिन २ उडान पोखरा-दिल्लि-पोखरा र हप्ताको ३ दिन आइतबार, मंगलबार, बिहीबार पोखरा-देहरादुन पोखरा उडान गर्ने योजना बनाएको छ ।