रवि लामिछानेको टोलीमाथि आक्रमण
चितवन, २७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्तामाथि चितवनमा आक्रमण भएको छ । चुनावी कार्यक्रममा चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफू समेत आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको लामिछानेले बताए ।
पार्टीका अध्यक्ष लामिछानेकै नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ गइरहेको स्वतन्त्र पार्टीको टोलीमाथि चितवनकै फिस्लिङतर्फ गइरहेको सत्ता गठबन्धनको चुनावी र्यालीले आक्रमण गरेको हो ।
आक्रमणमा अध्यक्ष लामिछानेको गाडी केही नभएको तर उनको पछाडि रहेको अर्को गाडीमा ढुंगामुढा हुँदा गाडीमा क्षति पुगेको बताइएको छ । आक्रमणमा सो पार्टीका एक जना कार्यकर्ता घाइते भएको लामिछानेको भनाइ छ ।
‘यो ममाथिको सुनियोजित आक्रमण हो’ रविले भने- ‘सत्ताको संरक्षणमा रहेकाले यो घटना घटाएका हुन् तिनलाइ प्रहरीले पनि संरक्षण गरेको देखियो ।’