प्रथम रत्न प्रिय कप फुटबल मंसिर १२ गतेदेखि
चितवन, २७ कात्तिक । चितवनको रत्ननगर- ९ स्थित रत्न प्रिय क्लबको आयोजनामा प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिता आउँदो मंसिर १२ गतेदेखि सुरु हुने भएको छ ।
रत्ननगरस्थित टिकौली चौरमा प्रतियोगिताका खेलहरु खेलाइने छ । प्रतियोगितामा १६ देखि २० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद रु १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छ ।