प्रथम रत्‍न प्रिय कप फुटबल मंसिर १२ गतेदेखि

चितवन, २७ कात्तिक । चितवनको रत्‍ननगर- ९ स्थित रत्‍न प्रिय क्लबको आयोजनामा प्रथम रत्‍न प्रिय कप नकआउट फुटबल प्रतियोगिता आउँदो मंसिर १२ गतेदेखि सुरु हुने भएको छ ।

रत्‍ननगरस्थित टिकौली चौरमा प्रतियोगिताका खेलहरु खेलाइने छ । प्रतियोगितामा १६ देखि २० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...