टी-२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन् ।
मेलबर्नस्थित मेलबर्न क्रिकेट मैदानमा खेल दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्ड तथा इंग्ल्यान्डले भारतलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
यसअघि गतवर्ष भएको विश्वकपको सेमिफाइनलमा पाकिस्तान अस्ट्रेलियासँग तथा इंग्ल्यान्ड न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएका थिए ।
योभन्दा अगाडि दुवै टोलीले १ १ पटक टी२० विश्वकपको उपाधि जितेका छन् । सन् २००९ को विश्वकप पाकिस्तानले जित्दा त्यसपछि २०१० मा भएको विश्वकप इंग्ल्यान्डले जितेको थियो ।
दुवै टोलीले दोस्रोपटक टी२० विश्वकपको उपाधि जित्ने दाउमा हुने छन् ।