सुदूरपश्चिममा फेरि भूकम्प
बैतडी, २७ कात्तिक । सुदूरपश्चिमका जिल्लामा शनिबार पुनः भूकम्पको धक्का महसुस गरिएको छ । गएराति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे भने कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र राति ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
६.६ रेक्टर स्केलको भूकम्पमा परेर छ जनाले ज्यान गुमाएका थिए ।