क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौं, २६ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार युवा ब्याटर रोहितलाई नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो ।

पूर्व कप्तान सन्दीप लामिछानेलाई बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको थियो । त्यसपछि कप्तानीको विषयमा अहिलेसम्म टुङ्गो लागिसकेको थिएन ।

यसअघि उपकप्तानको रुपमा रहेका रोहितले सन्दीपको अनुपस्थितिमा अगस्टमा केन्या भ्रमणमा एकदिवसीय श्रृंखलाको कप्तानी गरेका थिए जसमा नेपालले क्लिनस्वीप गरेको थियो ।

रोहितले आउँदो सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा युएईसँग हुने तीन ओडिआई खेलको श्रृंखलाबाट कप्तानीको सुरुवात गर्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय