मेयर हुँदा के गरे सन्ताेषले ? जो अब सांसदमा डेब्यु गर्दैछन्
काठमाडौं, २५ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ बाट संसदमा डेब्यु गर्ने तयारीमा रहेका गठबन्धनका साझा उम्मेदवार सन्तोष चालिसेले गाेकर्णेश्वर नगरपालिकाकाे मेयर हुँदा गरेका कामहरू बारे जनताको चासो छ ।
नगरको प्रथम मेयर भएपछि चालिसेले ५ वर्षमा नगरको विकास निर्माण र सुशासनकाे प्रत्याभूति गराएको स्थानीयले सम्झेका छन ।चालिसे वडा अध्यक्ष, जाेरपाटी गाँउ विकास समितिको उपाध्यक्ष हुँदै २०७४ मा गाेकर्णेश्वर नगरपालिकाका मेयर भएका हुन् ।
मिलनसार र सरल स्वभावका उनी जनताको नजरमा पनि सहज,इमानदार र विकासप्रेमी जनप्रतिनिधि भनेर चिनिन्छन । चालिसे मेयर भएपछि नगरको विकास र सुशासनकाे स्वर्णकाल नै मानेका छन् ।
चालिसेकाे कार्यकालमा नै स्थानीय तहकाे कार्य सञ्चालनका लागि आवश्यक ऐन कानुन र निर्देशिकाहरू नगर सभाबाट पारित गरि कार्यान्वयन गराइएको थियो । यसैगरी गाेकर्णेश्वर महादेवकाे जिर्ण मन्दिरमा १८ कराेड खर्च गरि सुनकाे छाना लगाएर ऐतिहासिक,पुरातात्त्विक र धार्मिक महत्त्वकाे गाेकर्णेश्वर मन्दिरकाे संरक्षण गर्न उनैले पहल गरेका थिए ।
गाेकर्णेश्वर मन्दिर वरपर ढुंगा विछयाउने, श्राद्व गर्न टहरा निर्माण, बागमती किनारमा सिँढी निर्माण गर्ने, मन्दिर परिसरमा आधुनिक शाैचालय निर्माण गराएका चालिसेले नगरभित्रका करिव दुई सय वटा मठमन्दिरकाे संरक्षण, जिर्णाेद्वार र नयाँ मन्दिरकाे निर्माण समेत गराएर धार्मिक आस्थाको सम्मान गरेको जनताको बुझाइ छ ।
यसैगरी दुई दर्जन भन्दा बढी गुम्बाकाे संरक्षण, जिर्णेद्वार, सम्बर्द्धनमा पनि उनै लागे । ठेक्का लागेर पनि बन्न नसकेकाे जाेरपाटी- सुन्दरीजल सडकलाई स्थानीय सडक विस्तार पिडित जनता, काठमाडौं उपत्यका सडक विस्तार आयाेजना, काठमाडौं उपत्यका विकास प्राधिकरण,भाैतिक मन्त्रालयसँग समन्वय गराइ फराकिलो सडक बनाउने काम पनि उनैले गरेका हुन् ।
यसैगरी सुन्दरीजल-ओख्रेनी – चिलाउने हिउँदमा मात्र चल्ने कच्ची सडकलाई ग्राभेल गरि सधैं गाडी गुड्ने अवस्था गराएको,१५ बेडकाे गाेकर्णेश्वर नगर अस्पताल स्थापना गरि २४ घण्टानै आकस्मिक सेवा सञ्चालनकाे व्यवस्था पनि उनले मिलाएको जनताको बुझाइ छ ।
काेराेनाका विरामीलाई नि:शुल्क खानेबस्ने व्यवस्था सहित क्वारेन्टाइनकाे व्यवस्था र उपचारमा सहयाेग गरेकाे तथा काेराेना महामारीको समयमा राेजगारी गुमेर खान नपाएका, कमजोर आर्थिक अवस्था भएका नगरबासीलाई तीन महिना विहान- बेलुका खाने व्यवस्था सबै वडाहरूमा मिलाएकाे पनि स्थानीयले सम्झेका छन् ।
गाेकर्णेश्वर नगरपालिकाकाे फाेहाेरमैला नियमित उठाउने तथा धुलाे, धुवाँ नआउने, वायु प्रदुषण नहुने फाेहाेरमैला जलाउने जापानिज अत्याधुनिक मेशिन खरिद गरि फोहोर ब्यबस्थापनमा नेपालकै पहिलाे नगरपालिका हुन सफल भएको थियो ।
नगर प्रहरी, इन्जिनियर, ओभरसियर र सब-ओभरसियरकाे दरबन्दी सिर्जना गरि कर्मचारीकाे पदपूर्ति गराएका चालिसेले सबै वडाहरूमा जनताकाे काम छिटाे- छरिताे हुने गरि कर्मचारीकाे व्यवस्था मिलाएका थिए ।
यसैगरी उनकै कार्यकालमा सबै वडाकाे वडा कार्यालय भवन निर्माण,वडाहरूमा स्वास्थ्य चाैकी भवन निर्माण,कृषि खेती गर्ने जनतालाई हाते टयाक्टर वितरण,उन्नत विउविजन, बाख्रा- बीउ बाेका वितरण गर्न पनि उनले ध्यान दिएका थिए ।
महिला सशक्तीकरण, नेतृत्व विकास, क्षमता विकास, सीप विकास तालिम गर्न गराउन दुई सयभन्दा बढी महिला समुहद्वारा कार्यक्रम सम्पन्न गरेका चालिसेले पशुपति- गुहेश्वरी- बाैद्वनाथ देखि बागमतीकाे उदगमस्थल बागद्वारहुँदै गाेसाइकुण्ड धार्मिक पर्यटकीय स्थल सर्किट विकासकाे अवधारणा समेत उनैले ल्याएका हुन् ।
सबै वडाहरूमा विद्युतीकरणको लागि विद्युत पाेल, साेलार बत्ती जडान उनैको पहलमा भएको थियो । संवेदनशील क्षेत्रमा सिसिटिभी जडान,घाट व्यवस्थापन,आरूवारीमा मेलम्ची खानेपानी आयाेजनाकाे पानी प्रशाेधन केन्द्र र खानेपानी टयाङकी निर्माण समेत सन्तोषकै पालामा भएको स्थानीय जनताको बुझाइ छ ।