भारतमाथि शानदार जीत निकाल्दै इंग्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा
काठमाडौं, २४ कात्तिक । इंग्ल्यान्ड क्रिकेट टोली अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्ड उपाधिनजिक पुगेको हो ।

भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्यान्डले ४ ओभर बाँकी छँदै कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डको जीतमा एलेक्स हेल्स ८६ तथा जस बट्लर ८० रनमा अविजित रहे । हेल्सले ४ चौका र ७ छक्का प्रहार गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्याले ६३ तथा विराट कोहलीले ५० रन बनाएका थिए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ तथा क्रिक्स वोक्स र आदिल राशिदले १-१ विकेट लिए ।
जितसँगै इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँगको भेट पक्का गरेको छ । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।