५० करोड लगानीमा बुद्ध एयरको आरजु राइस मिल तयारी अन्तिम चरणमा

चन्द्र पौडेल

मोरङ, १६ कात्तिक । आन्तरिक उडानमा सबैैभन्दा बढी यात्रु बोक्ने बुद्ध एयरले १४ एटिआर र दुई थान बिजक्राष्ट गरी कूल १६ जहाजमार्फत यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत बेलबारी नगरपालिका स्थित डाङ्गीहाटमा संचालनमा आउन लागेको ‘आरजु राइस मिल’ को तयारी अन्तिम आएसंगै किसानहरुबाट धान खरिद गरेको भण्डारण सुरु गरेको छ ।

विसं २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्ध एयरले मोरङका विभिन्न स्थानीय तहमा धानखेतीको व्यावसायीकरण र यान्त्रिकीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकहरुले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको हो ।

कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै ५० करोड लगानी गरेको छ । उक्त धानमिल आगामी पुषदेखि संचालनमा आउने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जनकारी दिएका छन् ।

मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको बस्नेतले बताए ।

पछिल्लो ११ महिनामा नेपालले रु २८ अर्ब ५० करोड बराबरको चामल आयत गरिसकेको आँकडा छ । आयतलाई प्रतिस्थापन गर्न र कृषिको व्यवसायीकरण गरी अर्थतन्त्रलाई सवलीकरण गर्ने लक्ष्यसहित कृषिमा यान्त्रिकीकरणको अभियान थालिएको हो । कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीच रहेको अनेक ‘ब्रोकर’ को चेन तोड्ने विश्वास लिएको छ । यो राइस मिलले पहिलो एक सिजनमा दुई हजार मेट्कि टन र वार्षिक १३ हजार मेट्कि टन चामल उत्पादन गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक बस्नेतले भने ।

कम्पनीले चैते धानको भण्डारण गरिसकेको र हाल रन्जित धानको न्युनतम रु ११ सय र रामधान न्युनतम रु १२ सय प्रतिमनका दरले भण्डारण गरिरहेको छ ।बेलबारी नगरपालिकामा १० हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन रहेको छ । आरजु मिलले पाँच हजार ५०० बिघाको उत्पादन व्यवस्थापन गर्नेछ ।

एक तथ्याङ्कअनुसार वार्षिक धान, चामल, गहुँ, मकै रु ८० अर्बभन्दा बढी आयत हुन्छ । त्यसमा चामलमात्रै रु ५० अर्ब हाराहारीमा आयात गरिँदै आएको छ । सञ्चिती मुद्रा बाहिरिँदै गएको छ ।

बुद्ध एयरले पूर्वी तराईका मोरङ, सुुनसरी र झापा जिल्लामा यान्त्रिकीकरणका साथै हाइब्रिड बीउ भित्र्याइ धान उत्पादन दोब्बर-तेब्बर वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ । किसानलाई धानखेतीप्रति प्राविधिक र व्यवहारिक सल्लाह पनि दिदैं आइरहेको छ ।

तस्वीर: चन्द्र पौडेल, परेवान्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय